१९ असार २०८३, शुक्रबार
,
Latest
आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पका भाइको निधन



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको खबर छ । ७१ वर्षका रोबर्ट  राष्ट्रपति डोनल्ड ट्रम्पका कान्छा भाइ हुन् । रोबर्टको न्यूयोर्कस्थित अस्पतालमा उपचार भइरहेकोमा शनिबार निधन भएको डोनल्ड ट्रम्पले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

आफ्ना भाईलाई राष्ट्रपति ट्रम्पले न्यूयोर्क सिटी अस्पतालमा पुगेर शुक्रबार भेटेका थिए । तर शनिबार निधन भएको खबर आएको छ । उनको मृत्युको कारण भने नखुलाइएको अमेरिकी सञ्चारले जनाएका छन् । 

आफ्नो भाइको निधनको खबर पछि राष्ट्रपति टम्पले भनेका छन्( मेरो भाइ रोबर्टको निधन भएको खबरले मलाई निकै दुःखी बनाएको छ । यो खबर मैले मेरो निकै नै दुखी मनसहित सुनाउँदैछु( ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन् । । ‘उनी मेरा भाइमात्रै थिएनन्, उनी मेरा मिल्ने साथी थिए, उसलाई म असाध्यै मिस गर्नेछु तर हाम्रो पछि पुनः भेट हुनेछ । उनको स्मरण मेरो मुटुमा सदाका लागि रहिरहनेछ । रोबर्ट म तिमीलाई माया गर्छु ।’

भाइ रोबर्टको अन्तिम संस्कारमा राष्ट्रपति टम्प पनि नसरिक हुने अनुमान गरिएको छ । तर यस विषयमा अमेरिकी मिडियाले भने केही बताएका छैनन् ।