२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपः कर्णालीविरुद्ध बागमतीको सहज जित



अ+ अ-

घोराही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ ।

आज लमहीमा भएको खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले सातौँ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । उसको जितमा इशान पाण्डेले २२, आशुतोष घिरैयाले १९ र शुभ कंसाकारले १६ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावतले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्रै बनाउन सक्यो । उसका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाउँदा अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बागमतीका लागि रिजन ढकालले ५.१ ओभरमा १९ रन दिएर पाँच विकेट लिए भने सूर्य तामाङले सात ओभरमा १७ रन दिएर चार विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना र प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोली आर्मी क्लब एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टोली सहभागी छन् । गत फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा जारी प्रतियोगितामा राउण्ड रोविनका आधारमा खेल भइरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताअन्तर्गत रुपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा १४ वटा खेल खेलाइनेछ ।




भर्खरै