२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेब्रुअरीदेखि १६६ जहाजहरू इजिप्टको सुएज नहरमा फर्किए



अ+ अ-

काठमाडौँ । सुएज नहर प्राधिकरणले गाजामा भएको छोटो युद्धविराम पछि फेब्रुअरीदेखि १६६ जहाजहरू केप अफ गुड होप मार्गबाट सुएज नहरमा फर्किएको बताएको छ । जसले लाल सागरमा तनाव कम गर्न मद्दत गरेको छ ।

विश्वव्यापी विश्लेषण फर्म केप्लरको तथ्याङ्कलाई उद्धृत गर्दै युरोपेली संघको इन्धन ढुवानीको ५० प्रतिशत मार्चमा नहरबाट गुज्रिएको थियो । सुएज नहर राजश्वमा २०२४ मा ६० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । जुन लगभग ७ अर्ब अमेरिकी डलर बराबर हो ।

हमास–इजरायल द्वन्द्वको समयमा गाजासँग ऐक्यबद्धता प्रदर्शन गर्न यमनका हुथीहरूले अक्टोबर २०२३ मा इजरायली–सम्बद्ध जहाजहरूमा आक्रमण गर्न थालेपछि लाल सागरमा तनाव उत्पन्न भयो । जनवरी १९ मा गाजामा युद्धविराम सम्झौता लागू भएपछि जहाजहरूमा हुथी आक्रमणहरू रोकिएपछि लाल सागर क्षेत्रमा स्थिरता फर्किएको छ ।

गत हप्ता इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले क्षेत्रीय अवस्थाका कारण इजिप्टले सुएज नहर राजश्वमा मासिक लगभग ८० करोड अमेरिकी डलर गुमाउने गरेको बताउनु भयो ।