२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजाको सेवा सुविधा खोस्दै सरकार



अ+ अ-

काठमाडौँ: नेपाल सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने तयारी गरेको छ । हिजोको मन्त्रिपरिषद बैठकमा यस विषयमा छलफल भएको र प्रक्रियालाई अघि बढाउन लागिएको समाचार स्रोतले बतायो ।

स्रोतका अनुसार हिजो काठमाडौँमा भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हिंसा र लुटपाटमा पूर्वराजा ज्ञानेन्द्रको हात रहेको ठहर गर्दै सरकारले सो निर्णय गर्न लागेको हो ।

सो आन्दोलनलाई हिंसात्मक बनाउन पूर्वराजा ज्ञानेन्द्रले नै आन्दोलनको कमाण्डर दुर्गा प्रसाईलाई तोकेका र आन्दोलनको अघिल्लो दिन निर्मल निवासमा बोलाएर आन्दोलनका बारेमा निर्देशन दिएको सरकारको ठहर छ ।

सरकारले तत्कालका लागि उनको राहादानी रद्द गर्ने तयारी थालेको छ । उनीमाथि अनुसन्धान सुरु हुने भएकाले त्यसैक्रममा विदेश भाग्ने अनुमानका साथ सबैभन्दा पहिला उनको पासपोर्ट रद्द गरिने एकजना मन्त्रीले जानकारी दिए ।

त्यसलगत्तै सरकारले पूर्वराजाका हैसियतमा दिइएको सुरक्षाकर्मी लगायतको सुविधा खोस्ने पनि तयारी गरेको छ ।