२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्नेमा महासंघका अध्यक्ष ढकालको जोड



अ+ अ-

काठाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनु पर्ने बताउनु भएको छ ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्टारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नु भएको हो ।

बौद्धिक सम्पत्ति (आइपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय टे«डमार्ककका विषयमा विवादहरु आउने गरेकोले यसको समाधानमा जोड दिनु पर्ने बताउनु भयो । यस्तै उहाँले ट्रेर्डमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाईको प्रक्रियालाई सरल रहज र छिटो गर्नु पर्ने बताउनु भयो ।

“नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिबृद्धिमा ठूलो सहयोग पुग्ने छ । ”उहाँले भन्नुभयो ।

उहाँले गीत संगीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण आवश्यक रहेको बताउनु भयो ।

विश्व बौद्धिक सम्पदा संगठन (वाइपो) ले पहिलो विश्व आईपी दिवस २००१ मा मनाउन थालिएको थियो । विश्व बौद्धिक सम्पदा संगठनले हरेक वर्ष विभिन्न फरक फरक नारा तय गरेर यो दिवस मनाउँदै आइरहेको सन्दर्भमा यो वर्ष IP and music feel the beat of IP नारा तय गरेको छ ।




भर्खरै