२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड



अ+ अ-

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क शहरमा नेपाल डे परेड सम्पन्न भएको छ । न्यूयोर्कको व्यस्त शहर म्यानहाटन आईतबार दिनभर पञ्चेबाजा, भजन र नेपाली राष्ट्रीय गीतले गुञ्जायमान बन्यो ।

पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामांग सेलोले गुञ्जिएको परेडमा विभिन्न संघसंस्थाका व्यानरसहित नेपाली र नेपाली अमेरिकनहरुको उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समन्वयमा नेपाल डे परेड सम्पन्न भएको हो । नेपालको गणतन्त्र दिवसको सेरोफेरो पारेर सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो । न्यूयोर्क शहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरले उद्घाटन गरेको परेडमा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको सांगितिक प्रस्तुतिले म्यानहाटन शहरलाई नेपालमय बनाएको थियो । नेपाली पोशाक, झण्डा र व्यानरसहित नाचगान र बाजा बजाउँदै शहर परिक्रमा गरी आयोजना गरिएको सभामा न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटबाट उपस्थित भएका नेपालीहरुले देश प्रेम झल्किने गरी आफ्नो एकता र राष्ट्रीय भाव प्रकट गरेका थिए ।

नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको बाक्लो उपस्थिति रहेको परेडमा नेपालको पर्यटकीय गन्तव्यसहित, सगरमाथा, लुम्बिनी, जनकपुर एवं पशुपतिनाथको व्यानर प्रदर्शन गरिएको थियो । स्थानीय एवं पर्यटकहरुले निकै चासो साथ नियालेको परेडमा हरेक कोणबाट जीवनको अनुभव बटुल्न नेपाल भ्रमण गर्नु पर्ने सन्देश पनि दिइएको थियो ।

छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न भएको परेडमा मनिता गुरुङले कन्भेनरको भूमिका निर्वाह गर्नुभएको थियो । परेडका लागि नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले सहकार्य गरेको थियो । त्यस्तै पत्रकार, मोडल एवं म्यूजिक भिडियो डाईरेक्टर विक्कि पुलामी र डाजिमा शेर्पाको सञ्चालनमा सम्पन्न भएको परेडमा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।