२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन जिल्लाका युवालाई सीपमूलक तालिम



अ+ अ-

ओखलढुङ्गा। यस वर्ष ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका ४०० युवाले सीपमूलक तालिम लिएका छन् । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गाले चालु आर्थिक वर्षमा तीन जिल्लाका युवालाई विभिन्न विषयको तालिम दिएको हो ।

नियमित र विशेष सीप विकास गरी १५ प्रकारका तालिममार्फत युवालाई सीप सिकाइएको कार्यालय प्रमुख जितेन्द्र राईले बताउनुभयो । युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन भइरहेको छ ।

उहाँले भन्नुभयो, “हामीले सीप सिकाएका युवालाई अनिवार्य उद्यमी बन्न प्रेरित गरेका छौँ । कार्यालयका तर्फबाट थप क्षमता विकासका कार्यक्रम ल्याउँछौँ । सरकारी क्षेत्रबाट पाउने अन्य सहयोग र अनुदानजस्ता कार्यक्रममा पनि सहभागी हुनुस् तर सिकेको सीपको सदुपयोग गरेर उद्यमी बनेर आत्मनिर्भर बन्नुस् भनेका छौँ । सरकारको लक्ष्य पनि सीप दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने नै हो ।”

कार्यालय प्रमुख राईका अनुसार यस वर्षका केही तालिम सम्पन्न भइसकेका छन् भने केही सञ्चालनमा छन् । यस वर्ष आधारभूत कम्प्युटर, कटाइ–सिलाइ, कुक, केश शृङ्गार, ढाका बुनाइ, विद्युत् जडान, सेक्युरिटी गार्ड, वेटर, मोबाइल मर्मत, कम्प्युटर डिप्लोमालगायतका तालिम सञ्चालन गरिएका छन् ।

व्यावसायिक तथा सीप विकास केन्द्र ओखलढुङ्गाले चालु आर्थिक वर्षमा सीपमूलक तालिम सञ्चालन गर्न रु ७४ लाख ६४ हजार बजेटको अख्तियारी पाएको थियो । केन्द्रले आव २०८०÷८१ मा तीन वटै जिल्लाका गरी ६८८ जनालाई सीपमूलक तालिम दिएको थियो । बर्सेनि सयौँको सङ्ख्यामा युवालाई समेट्दै सीप विकासले नियमित र विशेष सीप विकासअन्तर्गतका तालिमहरु दिँदै आएको छ । तर सीप सिकेकामध्ये केही मात्रै व्यावसायिक बनेका छन् ।  रासस