२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटलिकरण र बौद्धिकीकरणद्वारा चीनको आपूर्ति प्रणाली सशक्त बन्दै



अ+ अ-

बेइजिङ। चीनले आज एक महत्वाकांक्षी कार्य योजना सार्वजनिक गरेको छ, जसले देशको आपूर्ति शृङ्खलालाई प्रविधि आधारित, आधुनिक तथा सशक्त बनाउने लक्ष्य लिएको छ ।

वाणिज्य मन्त्रालय सहित आठ मन्त्रालयहरूको संयुक्त पहलमा ल्याइएको यस कार्य योजनाले कृत्रिम बुद्धिमत्ता तथा डिजिटल अभिलेख राख्ने प्रणालीको प्रयोगमार्फत आपूर्ति शृङ्खलाको पूर्ण रूपान्तरण गर्ने मार्गचित्र प्रस्तुत गरेको छ ।

योजना अनुसार, कृषि क्षेत्रमा आपूर्ति शृङ्खलाको सुधार, उत्पादन क्षेत्रको बौद्धिक व्यवस्थापन, थोक बजारमा समन्वय मजबुत पार्ने, खुद्रा क्षेत्रलाई प्रविधिमैत्री बनाउने र ढुवानी खर्च घटाउने कामलाई प्राथमिकता दिइनेछ ।

चीनले औद्योगिक तथा आपूर्ति शृंखलालाई लचिलो र सुरक्षित बनाउँदै, यथार्थ अर्थतन्त्र र डिजिटल प्रविधिबीच पूर्ण समन्वय गर्नका लागि विशेष ध्यान दिँदै आएको छ । यसै सन्दर्भमा परम्परागत उद्योगहरूलाई प्रविधि मार्फत रूपान्तरण गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

सन् २०३० सम्ममा देशका प्रमुख उद्योग तथा क्षेत्रहरूमा आत्मनिर्भर र बौद्धिक प्रणालीयुक्त डिजिटल आपूर्ति शृंखला निर्माण गर्ने तथा करिब एक सय अग्रणी राष्ट्रिय संस्थाहरूलाई प्रविधिमैत्री आपूर्ति शृंखला क्षेत्रमा स्थापित गर्ने लक्ष्य यस योजनामा उल्लेख गरिएको छ । (रासस/सिन्ह्वा)