२५ जेष्ठ २०८३, सोमबार
,
Latest
२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा सांसद कुशवाहाको घरमा अख्तियारको छापा



अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सांसद तथा पूर्वराज्यमन्त्री सरोजसिंह कुशवाहाको जनकपुरधाम–९ स्थित घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।

टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले कुशवाहाको घरमा छापा मारेको हो। महोत्तरी क्षेत्र नम्बर ४(ख) बाट दोस्रोपटक निर्वाचित सांसद कुशवाहाको घरमा छापाको क्रममा उनका स्वकीय सचिव विनोद लाललाई नियन्त्रणमा लिइएको छ। टोलीले सांसद कुशवाहाको मोबाइल फोन र विभिन्न कागजातहरू पनि बरामद गरेको छ।

प्रदेश सरकारबाट कुशवाहाको भागमा परेका योजनाहरू बिक्री गरेको सूचनाका आधारमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ। उनी लालबाबु राउत नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए।