१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

यता ओली उता मोदीको सम्बोधनको संयोग ! के भने मोदीले ?



अ+ अ-

काठमाडौं। नेपालले आफ्नो अतिक्रमित भूभाग समेत समेटेर नक्सा जारी गरेपछि नेपाल र भारतबीचको सम्बन्ध चिसिन पुगेको सर्वविदितै छ । सम्बन्ध सुधारका लागि वार्ता गर्न नेपालले वार्ताको मिति मागेको छ तर भारतले समय दिएको छैन । तर आज आइतबार यसै पृष्ठभूमिमा दुवै देशका प्रधानमन्त्रीले एकैपटक सम्बोधन गरे र एक अर्कालाई दोषारोपण गरेका छन् । यसलाई बडो संयोग नै मान्नुपर्छ कि यता हाम्रा प्रधानमन्त्री ओली र उता नरेन्द्र मोदीले पनि एक अर्को देशबारे बोलेका छन् तर स्पष्टसँग नाम भने लिएका छैनन् । 

नेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउन भारत प्रयासरत रहेको नै बताए । नेपालले परिमार्जित नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र त्यसमा केही नेपाली नेता पनि लागेको उनले बताए । ती नेता कोे हुन् उनले भनेनन् । ती नेता नेकपा भित्रैका हुन् या विपक्षी दलका भन्ने उनले स्पष्ट गरेनन् । त्यसैमो ओलीले तर पनि आफूलाई हटाउन भने त्यति सजिलो नभएको पनि बताए । उनले भने ‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ, आग्रह नपाले पनि हुन्छ । 

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आजै त्यहाँको एक रेडियोमार्फत सम्बोधन गरेका छन् र नेपालको नामै नलिइ नेपालतर्फ इंगित गरेका पनि छन् । मन की बात नामक रेडियो कार्यक्रममार्फत देशवासीको नाममा सम्बोधन गर्दै उनले छिमेकीहरुले आफ्नो देशविरुद्धका गतिविधि गरेको बताए । उनले केही छिमेकीहरुबाट जे भइरहेको छ देश ती चुनौतहिरुसँग पनि जुधिरहेको आरोप लगाए । नेपालको नामै किटेर त केही भनेनन् तर पनि उनको यो सांकेतिक स्वरुप भने ‘छिमेकीहरु’ भनेर नेपालतर्फ पनि इंगित थियो भन्न सकिन्छ । हुनत इंगित गर्न खोजेको मुख्य छिमेकी चीन हो तर पनि उनले छिमेकीहरु भनेर प्रयोग गरेको शब्दले चीनलाई मात्र नभइ अन्य देशहरुलाई पनि बुझिन्थ्यो जसमध्ये एक नेपाल पनि हो ।

उनले लद्दाखमा भारतीय भूमिमाथि आँखा जलाउनेले कडा जवाफ पाएको बताएका थिए । भारतका साहसी सेनाले देशको मानमा आँच आउन  नदिएको उनको दाबी थियो । भारतीय र चिनियाँ सेनाबीच लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएको थियो र त्यहाँ भारतका कैयौँ सैनिक मरिएका थिए । त्यसपछि मोदीको त्यस विषयको यो पहिलो सम्बोधन हो । 




भर्खरै