२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले संसदमा विरोधको शैली रचनात्मक बनाउने !



अ+ अ-

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले विरोधको शैली परिवर्तन गर्ने भएको छ ।

रास्वपाले अब प्रतिनिधि सभा बैठकमा रचनात्मक तरिकाले विरोध गर्ने भएको हो । अहिलेसम्म रास्वपाले सुरुमा आफूले बोल्ने र त्यसपछि रोस्ट्रम घेराउ गर्दै नाराबाजी गर्ने गरेको थियो ।

रास्वपाका सांसदहरु रोस्ट्रम अगाडि नाराबाजी गर्दागर्दा थाकेपछि भुइँमै बसेर विरोध जनाउँदै आएका थिए । अब भने उनीहरुले विरोधको शैली परिवर्तन गरेर रचनात्मक बनाउन लागेका हुन् ।

आन्दोलनको असरको समीक्षा र परिस्थितिको मूल्यांकन गर्न रास्वपाले सुमना श्रेष्ठ, मनिष झा, शिशिर खनाल, असिम शाह र निशा डाँडीको कार्यदलसमेत गठन गरेको छ ।

यसैगरी आन्दोलन परिचालनको जिम्मेवारी हरि ढकाललाई दिइएको नेता विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

संसद्सँग समन्वय गर्न विराजभक्त श्रेष्ठ र सन्तोष खनाललाई जिम्मेवारी दिइएको छ ।