१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर क्यान्सर अस्पतालमा उपचारत्त बालिकामा देखियो कोरोना संक्रमण, अस्पतालको एनएक्स वार्ड शिल



अ+ अ-

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा उपचारत्त एक बालिकामा कोरोना पुष्टि भएसंगै अस्पतालको एनएक्स वार्ड शिल गरिएको छ । 

शनिबार राति काभ्रेकी १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि एनएक्स वार्ड शिल गरिएको हो ।  

अस्पताल प्रशासनका अनुसार काठमाडौंको बीर अस्पतालबाट मस्तिष्कसम्बन्धि रोगको शल्यक्रियाका लागि रेफर गरिएकी बालिकाको शल्यक्रिया पूर्व गरिएको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

उनलाई थप उपचारका लागि शनिबार राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले बताए ।

बालिकाको उपचारमा संलग्न अस्पतालका १२ जना नर्स, ५ जना डाक्टर, एनएक्स वार्डमा रहेका १३ जना बिरामी र १३ कुरुवा सबैलाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए ।

अस्पतालको क्वारेन्टाइनमा रहेका सबैको स्वाब संकलन गरिसकेको समेत तजलेले जानकारी दिए ।

उनका अनुसार अस्पतालका अन्य सेवाहरु भने सुचारु रहेको छ ।

यसैगरी, शनिबार नै मध्यपुर थिमि नगरपालिका–९, बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए ।




भर्खरै