१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाह्नवी र अनन्याका फिल्म ओटीटीमा रिलिज हुँदै



अ+ अ-

मुम्बई । कोरोना भाइरसका कारण बलिउड सुस्ताएको छ । केही महिनादेखि फिल्म हल बन्द छन् । भारतमा लकडाउन जारी छ ।फिल्म हल बन्द भएका कारण यतिबेला कैयन् फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन् ।  

भारतीय मिडियाका अनुसार चर्चामा रहेको जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ र अनन्या पाण्डेको फिल्म ‘खाली पीली’ पनि अब सीधै ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।

जी च्यानलले यी दुई फिल्मलाई किन्न चाहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।जाह्नवीको अभिनय रहेको फिल्म ‘गुञ्जन सक्सेना’ को काम सकिएको छ । अनन्या पाण्डे र इसान खट्टरको फिल्म ‘खाली पीली’ को केही काम बाँकी छ ।

दुवै फिल्मलाई राम्रो विषयवस्तु भएका फिल्म मानिएको छ । जाह्नवीको फिल्म ‘गुञ्जन सक्सेना’ नेटफिल्क्सले पनि किन्न सक्ने सम्भावना छ ।

बलिउडमा कैयन् फिल्म रिलिज हुन नपाएर रिलिजको पर्खाइमा छन् । कोरोना महामारीपछिको सामान्य हुन अझै समय लाग्ने देखिएको छ । जसकारण निर्माताले आफ्ना फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरिरहेका छन् ।




भर्खरै