१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलह फैलदा रोकथाममा समेत प्रयासहरु बढाउदै जानु पर्छ – राजेन्द्र देवकोटा



अ+ अ-

फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ । अहिले सर्लाही, बारा, पर्सा, रुपन्देही लगायत धेरै जिल्लामा कहिँ फाट्टफुट्ट त सर्लाहीमा हजारौको संख्यामा सलह देखिन थालेको छन् भने निजगढ मा पनि ठुलै संख्या मा देखिने होकी भनेर कृषि ज्ञान केन्द्रहरु फिल्डका गतिबिधि बढाउदै छन् ।

नेपालमा यसवर्ष सलह प्रवेश गर्दैन भन्ने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको निश्कर्ष गलत सावित भएको छ । मन्त्रालयले मरुभूमि सलहबारे अध्ययन गर्न गठन गरेको विशेष कार्यदलले यो वर्ष सलह किरा नआउने निचोडसहितको प्रतिवेदन दिएको थियो ।

अहिले तराईमा धान तथा तरकारी त पहाडमा मकै तथा फलफुलको सिजन समेत रहेको हुदा यस समयमा भित्रने यस किराको नियन्त्रण गर्न सरकार तत्काल युद्धस्तर मा लाग्नु पर्ने देखिन्छ ्र हावाको गति र सुक्खा मौसम संगै अघि बढ्ने यस किरा कसरि नेपाल तोपनि यस बर्षात सिजनमा भित्रियो त्यसको अध्यन गरि प्रवेश र फैलावट सहित तत्कालिन नियन्त्रण को बिधि तर्फ अघि बढ्नु पर्ने देखिन्छ ।

नियन्त्रण का उपाय :
रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिन्छ, नर्सरी लगायतका सानो क्षेत्रमा झुलरजालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ । ड्रोंन , कुखुरा तथा हास लाइ खेतिमा छोडेर, ठुलो तथा पावर स्पेयरको समत प्रयोग गरि बिषादी छर्ने गर्दा नियन्त्रण गर्न सकिन्छ ।

विषादीको प्रयोग सलह नियन्त्रणको प्रभावकारी एउटा मध्यम हो । मालाथिन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस, डेल्टामेथीन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ ।

तर, एकैपटक ठूलो क्षेत्रमा छर्नु पर्ने भएकाले युएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा बढी प्रभाकारी हुने हुदा यो बिधि किसान हरुले अपनाउन सक्छन, बिषको मात्रलाई कम कडा सबै ठाउमा प्रभाबकारी रुपममा छर्ने यो बिधिमा अर्गानो फस्फेट समुहको बिषादी छर्दा राम्रो देखिन्छ । मौसम को पुर्बनुमान सहित यसको ब्यबस्थापनमा ध्यान दिनु जरु हुने हुदा मौसम बिज्ञको समेत सग्लग्न गरि अघि बढ्न सके राम्रो देखिन्छ ।




भर्खरै