१७ असार २०८३, बुधबार
,
Latest
पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी समिति बैठक जारी, १ दर्जन सदस्यले सीमा समस्याका विषयमा आफ्ना कुरा राख्ने



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी रहेको छ ।  

विहान साढे ११ बजेटबाट जारी तेस्रो दिनको बैठकमा पुष्पकमल दाहालले अध्यक्षता गरिरहनुभएको छ । आज पनि बैठकमा सीमा समस्याका विषयमा स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्निे क्रम जारी रहेको छ । शुक्रबार १८ जना सदस्यले सीमा समस्याका बारेमा आफ्नो धारणा राखेका थिए । 

आज करिब १ दर्जन सदस्यले सीमा समस्याका विषयमा आफ्ना कुरा राख्ने बताइएको छ । शुक्रबार नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्याका लागि भइरहेका प्रयासका बारेमा जानकारी गराउनुभएको थियो । सीमा समस्याका विषयमा बोल्ने क्रम सकिएपछि कोरोनाले पारेको प्रभाव र सरकारले कोरोना नियन्त्रणका लागि गरिरहेका कामहरुको बारेमा समिक्षा हुने कार्यसूची रहेको छ । 

यसअघि शुक्रबारको बैठकमा अनुस्थित रहनुभएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली चर्को आलोचना भएपछि आजको बैठकमा सहभागि हुनुभएको थियो । यद्यपी बैठकमा उहाँ आधा घण्टासम्म पनि बस्नु भएन् । बुधबारबाट स्थायी समिति बैठक सुरु भएको हो ।