१७ असार २०८३, बुधबार
,
Latest
पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमा ९४ लाख व्यक्तिभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि, मृत्यु सङ्ख्या चार लाख ८० हजारभन्दा बढी



अ+ अ-

काठमाडौं । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी गराएको छ ।

डब्लुएचओका अनुसार विगत २४ घण्टामा विश्वभर सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७७ हजार बढी कूल सङ्क्रमितको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या पाँच हजार ११६ रहेको छ । शनिबारसम्म विश्वभर कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख ८४ हजार २४९ पुगेको सम्बन्धित देशहरूद्वारा डब्लुएचओलाई उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ । 

विश्व स्वास्थ्य संगठनको अघिल्लो दिनको तथ्याङ्कमा २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण नयाँ सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६७ हजार ५६ रहेको थियो भने पाँच हजार ३३६ जनाको मृत्यु भएको थियो ।

विश्वमा कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी सङ्क्रमित तथा मृतकको अमेरिकामा रहेको छ यूरोपमा करिब २६ लाख सङ्क्रमित रहेका छन् । त्यस्तै एशियामा २१ लख २२ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमणका आधारमा भन्ने हो भने कोरोनाभाइबाट बढी प्रभावित हुने मुलुकहरूमा क्रमशः अमेरिका, ब्राजिल, रूस, भारत बेलायत स्पेन पेरू, चिली, इटाली र इरान रहेका छन् । दक्षिण एशियाली मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित मुलुक हो भने पाकिस्तान, बङ्गलादेश र अफmगानिस्तान रहेका छन् ।