१७ असार २०८३, बुधबार
,
Latest
पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ संविधान संशोधन गर्नुअघि संशोधनको नियत र उद्देश्य छुट्याउन जरुरीः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम घटनाविरुद्ध राजधनीको बानेश्वरमा सडक बहस, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । ६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध आज बानेश्वर सडक बहस भएको छ । 

रुकुममा भएको जातिय हत्या र विभेद विरुद्ध सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । बहसमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहोनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण घटना घटेको बताउनुभयो । जनजाति आन्दोलन मधेश आन्दोलन भएपनि दलित आन्दोलन नभएकै कारण रुकुम घटनाको विषयमा आवाजहरु उठ्न नसकेको बताउनुभयो । जातिय विभेदको घटनाहरु बढिरहको उल्लेख गर्दै उहाँले राजनीतिक आन्दोलन देशमा भएपनि सामाजिक आन्दोलन नहुँदा सभ्य समाजको निर्माण हुन नसकेको बताउनुभयो । जातियताकै कारण बेला बेला हुने घटनाले देशलाई कलंकित बनाएको उहाँको भनाई छ ।

नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले दलित उत्पिडनको एजेण्डा अगाडी बढाएर आन्दोलन नहुँदासम्म विभेद अन्त्य गर्न नसकिने बताउनुभयो । अब पनि सामाजिक आन्दोलन मार्फत दलित उत्पिडन मुद्धा स्थापित गराउन नसकिए घटनाहरु घटिरहने बताउनुभयो ।

पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाका अभियुक्तहरुलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । घटनामा संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमकोटले बुधबार आदेश दिएको हो ।