२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको परोक्ष संलग्नता देखिएको रास्वपाको आरोप



अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणको अध्ययन र छानविनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति अस्वीकार गरेको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै पार्टी उपसभापति डा. स्वर्णीम वाग्लेले यस्तो बताउनुभएको हो । सोमवार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको थियो । उपसभापति वाग्लेले शंकरदास वैरागी सत्ताको सधैँ प्रिय पात्र रहेको भन्दै आफैं अनुसन्धानको राडारमा रहेको रहस्यमय पात्र भएको टिप्पणी गर्नुभयो । उहाँले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत परोक्ष सहभागिता रहेको आफ्नो पार्टीको निष्कर्ष रहेको उल्लेख गर्नुभयो । उहाँले समितिका पदाधिकारीहरुको पुनरावलोकन नगरे आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ । उहाँ स्वयं सक्षम निकायहरूको रडारमा हुनुहुन्छ। त्यस्तो व्यक्तिले कसरी छानबिन गर्ने ? यहाँ गृहमन्त्री पनि सन्देहको घेरामा हुनुहुन्छ । रागीजीप्रति मेरो कुनै व्यक्तिगत आग्रह छैन । म राम्रोसँग चिन्दछु उहाँलाई तर उहाँ दश वर्षदेखि अस्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ । सात वर्ष परराष्ट्र सचिव बन्नुभयो । तीन वर्ष मुख्यसचिव बन्नुभयो । र उहाँको रहस्यमयी ढंगले मुख्यसचवबाट बहिर्गमन हुन्छ । त्यही बीचमा अर्बौंका टेलिकम घोटालाहरु भएका छन् । त्यसैले शंकदास बैरागी अहिलेका निगाहाप्राप्त नेताहरुको गुडबुक्समा रहनुपर्ने र स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ । उहाँ स्वयं सक्षम निकायहरुको राडारमा हुनुहुन्छ । त्यस्ता व्यक्तिले कसको छानविन गर्ने ? यहाँ गृहमन्त्री स्वंय सन्देहको घेरामा हुनुहुन्छ । हाम्रो पार्टीले के निर्णय निकाल्यो भने गृहमन्त्रीको पनि भिजिट भिसा प्रकरणमा परोक्ष संलग्नता देखिसकेको छ । प्रत्यक्ष संरक्षण समेत देखिसकेको छ । अब गृहमन्त्रीले गर्वका साथ भन्नुभयो मेरै प्रश्तावमा यो कमिटी गठन गरेको भन्नुभयो । त्यसकारण यो गलत छ । हामी नयाँ हौँ बेकुफ होइनौँ भनेको त्यसैले हो ।’

रास्वपासँगै राप्रपाले समेत गृहमन्त्रीकै प्रश्तावमा गठन भएको यो समितिले निष्पक्ष छानविन गर्न नसक्ने जिकिर गर्नुभयो ।