२३ असार २०८३, मंगलवार
,
Latest
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा सामाजिक सञ्जाल ट्वीटर(एक्स)पेजमार्फत आज शुभकामना दिनुहुँदै पूर्वराष्ट्रपति भण्डारीले धान बालीलगायतका कृषि उपजमा आत्मनिर्भर बन्नका लागि दिगो कृषिप्रणालीको विकास हाम्रो साझा लक्ष्य हुनुपर्ने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

जलवायु परिवर्तन, बढ्दो सहरीकरण र कृषि जनशक्तिको न्यूनताजस्ता चुनौतीका बाबजुद् कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, उन्नत बीउबिजनको व्यवस्था, बजारको पहुँच र किसानलाई आत्मसम्मानसहितको जीवन निर्वाह गर्ने वातावरण निर्माण गर्न राज्य, निर्माता र सम्बद्ध सबै पक्षको अझ बढी ध्यान जान आवश्यक रहेको उहाँले बताउनुभयो ।

“धान, हाम्रो सभ्यता, संस्कार आत्मनिर्भरतासँग जोडिएको प्रमुख अन्नबाली हो । धान दिवस किसानको श्रम, प्रकृतिप्रतिको आस्था र समृद्धिको यात्राप्रतिको सामूहिक सङ्कल्पको प्रतीक हो । यस अवसरमा खेतबारीमा दिनरात खटेर अन्न उत्पादन गर्ने मेहनति किसान दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक सम्मान प्रकट गर्दछु,” पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ ।