२३ असार २०८३, मंगलवार
,
Latest
बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा कम हुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन



पोखरा महानगरपालिका ३२ तल्लो गगनगौडामा रोप्नका लागि तयार गरेको खेत र उड्दै गरेका बकुल्ला । तस्बिर : वासुदेव पौडेल / रासस
अ+ अ-

गण्डकी । असार १५ सम्म गण्डकी प्रदेशमा २८ दशमलव २० प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार २६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३, म्याग्दीमा ३४, लमजुङमा ३४, नवलपुरमा २९, पर्वतमा २५, तनहुँमा १८, स्याङ्जामा १८ र गोरखामा १० प्रतिशत रोपाइँ भएको हो ।

वर्षा कम हुँदा र पानीका मूल नफुटेका कारण अपेक्षित रुपमा रोपाइँ हुन नसकेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताउनुभयो । “असार १५ सम्मको अवस्था हेर्दा गत वर्षको तुलनामा कम रोपाइँ भएको देखिन्छ”, उहाँले भन्नुभयो, “बाह्ैमास सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ भइसकेको छ, आकाशे पानीमा निर्भर हुनुपर्ने ठाउँमा अपेक्षित रुपमा वर्षा नहुँदा रोपाइँ ढिलो भइरहेको छ ।” वर्षाले साथ दिएमा असार अन्त्यसम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने उहाँको भनाइ छ ।

मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । यस वर्ष ९४ हजार एक सय ८२ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान गरिएको निर्देशनालयले जनाएको छ । गत वर्ष ९६ हजार ५३ हेक्टर र आव २०७९/८० मा ९७ हजार सात सय ६९ हेक्टरमा धानखेती गरिएको थियो ।

यसले पछिल्लो समय धानखेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ । घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरण जस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चदैँ गएको हो ।

क्षेत्रफल घटेपछि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढ्ने कृषि अर्थ विज्ञ पौडेलले बताउनुभयो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको निर्देशनालयले जनाएको छ ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । गोरखाको छेपेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ ।




भर्खरै