२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गड्यौला मल खेतीबालीका लागि बहुउपयोगी



अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–११ का लक्ष्मी अधिकारी र टीकामाया मगरले व्यावसायिक गड्यौला मल खेतीतर्फ आकर्षित बन्नुुभएको छ । निलबाराही कृषि तथा भर्मी कम्पोष्ट एग्रो फर्म सञ्चालन गर्दै आउनुभएका दुवैजनाले गड्यौला मल खेती गर्दै त्यसबाट पर्याप्त आम्दानी गरिहनुभएको छ । उहाँहरुले गड्यौला मलको खेतीसँगै तरकारी र घाँसको खेती गरिरहनुभएको छ ।

उक्त फर्मका सञ्चालक लक्ष्मी अधिकारीले पछिल्लो समयमा गड्यौला मलको माग बढ्दै गएको बताउनुभयो । उहाँले आफ्नो फर्मबाट प्रति किलो रु ५० का दरले गड्यौला मल बिक्री भइरहेको जानकारी दिनुुभयो । सुरुआतमा थोरै क्षेत्रफलमा गरिएको गड्यौला मलको खेती अहिले करिब डेढ रोपनी क्षेत्रफलमा गरिएको उहाँले बताउनुभयो ।

गड्यौला मलको खेतीका लागि भक्तपुरको बोडेबाट गड्यौला ल्याउने गरिएको जानकारी दिँदै अधिकारीले आफूहरूले ठूलो मात्रामा गड्यौला मल ल्याउने गरेको जानकारी दिनुुभयो । प्रत्येक तीन महिनाको अवधिमा गड्यौला मल तयार हुने उहाँले बताउनुभयो । हालसम्म एउटा याममा एक हजार किलोसम्म गड्यौला मल तयार हुने गरेकामा अब भने क्षेत्र विस्तारपछि दुई हजार किलोग्रामसम्म उत्पादन गर्ने लक्ष्य राखिएको अधिकारीले बताउनुभयो ।

गड्यौला खेतीको क्षेत्र विस्तारका क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्कीबाट ५० प्रतिशत अनुदानस्वरुप रु चार लाख सहयोग प्राप्त भएको अधिकारीले बताउनुुभयो । गड्यौला मल प्राङ्गारिक खेतीका लागि अति उत्तम मानिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख माधवप्रसाद लम्सालले बताउनुभयो । विशेषतः थोरै क्षेत्रफलमा खेती गर्ने, कौशी खेती गर्नेका लागि रासायनिक मलको प्रयोगको विकल्पमा गड्यौला मल रहेको छ ।

“पछिल्लो समयमा पोखरामा कौशी खेतीको चलन बढ्दो छ”, अधिकारीले भन्नुुभयो, “थोरै मात्रामा कौशी खेती गर्नेका लागि यो रोजाइमा पर्ने गरेको छ ।” रासायनिक मलको विकल्पका रुपमा यो मल रहेको उहाँले बताउनुभयो । गड्यौलाले खाएर पचाएर दिशाको रूपमा फालेको मलमा भएका खाद्यतत्व पानीमा घुलनशील हुन्छन् जसलाई बिरुवाले सजिलैसँग ग्रहण गर्न सक्दछ । यस मलमा एन्टिवायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ ।

यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहुउपयोगी हुन्छ । व्यावसायिक गड्यौला मल खेतीमा सम्भावना देखरै आफूहरू यसतर्फ आकर्षित बनेको टीकामाया मगरले बताउनुभयो । व्यावसायिक गड्यौला मलखेतीका माध्यमबाट आयआर्जन गर्ने लक्ष्यका साथ आफूहरू निरन्तर यसमा लागिपरेको उहाँको भनाइ छ ।रासस