१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा एकैदिन २५ जनाले जिते कोरोना



अ+ अ-

 काठमाडौं। नेपालमा थप २५ जनाले कोरोनालाई जितेका छन् । सोमबार रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जनाले कोरोनालाई जितेर घर फर्केका हुन् ।

कोरोनालाई जित्नेहरुमा रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् । 

यस्तै कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना, भारतीय नागरिक एकजना, नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउपालिकाका दुई जना रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए ।

प्रदेश सरकारले कोरोना विशेष अस्थायी अस्पतालका रुपमा परिवर्तन गरेको भीम अस्पतालमा १४ दिन आइसोलेसनमा बसेपछि पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको डा. दर्नालले बताए ।

कोरोनालाई जित्नेमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।