२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलका लागि खेलाडी अक्सन साउन २४ गते



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले यसबारे जानकारी दिएको हो ।

क्यानका अनुसार अक्सनका लागि कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्ता गरेका छन् । दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया असार २७ गतेदेखि खुला गरिएको थियो ।

दर्ता भएका खेलाडीको एनपिएलका ८ फ्रेञ्चाईज टोलीलाई उपलब्ध गराएर क्यानको प्राविधिक समितीले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीले इच्छ्याएका खेलाडीको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम नामावली प्रकाशन गरिने छ ।

८ फ्रेञ्चाईज टोलीले रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् । पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।




भर्खरै