१६ असार २०८३, मंगलवार
,
Latest
मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनमोहन हस्पिटललाई स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडाैंः काठमाडौं महानगर चेम्बरले मनमोहन मेमोरियल टिचिङ हस्पिटललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराइएको काठमाडौं महानगर चेम्बरका अध्यक्ष पंकजचन्द्र श्रेष्ठले बताउनुभयो ।

चेम्बरले पिपिई ५ थान, गमबुट ५ जोर, गमबुट कभर ५ जोर, थर्मल गन २ थान, सर्जिकल मास्क १ हजार थान, फेस सिल ५ थान, सर्जिकल क्याप १ हजार थान, सर्जिकल ग्लोभ १ सय थान र एन ९५ मास्क २ थान सहयोग उपलब्ध गराएको हो ।

मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले ‘‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सहकारी केन्द्र’’को रुपमा सेवा दिदै आएको छ ।

अस्पतालले कोभिड १९ सम्बन्धी ज्वरो क्लिनिक चलाइरहेको र अहिले सम्म पीसीआर पोजेटिभ केस नभेटिएको हस्पिटलका अध्यक्ष राजेन्द्रप्राद पाण्डेले बताउनुभयो ।