२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमन गिलले तोडे गावस्कर र सोबर्सको रेकर्ड



अ+ अ-

काठमाडौँ । भारत र इङ्ग्ल्याण्डबीचको एन्डरसन–तेन्डुलकर ट्रफीको पाँचौं तथा अन्तिम टेस्ट लन्डनको ओभल स्टेडियममा भइरहेको छ । बिहीबार खेलको पहिलो दिन शुभमन २१ रन बनाएर रनआउट भए ।

छोटो इनिङको बावजुद, उनले सुनील गावस्कर र ग्यारी सोबर्सको दुई रेकर्ड तोडे ।

यो इनिङसँगै हालको शृङ्खलामा उनको कुल रन ७४३ पुगेको छ । यससँगै शुभमन टेस्ट शृङ्खलामा सबैभन्दा धेरै रन बनाउने भारतीय कप्तान बने । उनले १९७८ मा वेस्ट इन्डिज विरुद्धको ६ टेस्ट शृङ्खलामा ७३२ रन बनाएका सुनील गावस्करको रेकर्ड तोडे ।

यसका साथै, शुभमनले इङ्गल्याण्डमा भएको टेस्ट शृङ्खलामा ७४३ रन बनाएर विदेशी कप्तानका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि बने । यस क्रममा उनले वेस्ट इन्डिजका दिग्गज सर गारफिल्ड सोबर्सको रेकर्ड तोडे । सोबर्सले १९६६ मा ७२२ रन बनाएका थिए ।