१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनकोशी मरिन डाइभर्सन समयमै निर्माण सम्पन्न गर्न मधेस सरकारको निर्देशन



अ+ अ-

काठमाडौँ । मधेसमा सिंचाई तथा खानेपानीको दिगो समाधान रहेको सुनकोशी मरिन डाइभर्सन  निर्माणमा भइरहेको ढिलाईप्रति मधेस प्रदेश सरकारले चासो देखाएको छ ।

के कति कारणले ढिलाइ भइरहेको हो सोबारे प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहसँगै ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवसहितका टोलीले शनिवार स्थलगत निरीक्षण गरेक छन् ।

निरीक्षणको क्रममा आयोजनाका प्रमुख अच्युतराज गौतमले आयोजनाको हालसम्मको प्रगति विवरण र के कति कारणले ढिलाई भइरहेकोबारे निरिक्षण टोलीलाई जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री सिंहले आयोजनाको प्रगति र अवरोधबारे जानकारी लिँदै निर्माण व्यवसायी कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले अहिले मधेस पानी आभावमा सुख्खाग्रस्त क्षेत्र बनेको भन्दै आयोजनामा ढिलाइ हुनु दुःखद् विषय भएको बताउनु भयो ।

ऊर्जामन्त्री यादवले आयोजना प्रदेशका लाखौँ कृषकको भविष्यसँग जोडिएको भएकाले समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा मन्त्री यादवले आयोजनाका कार्यसम्पादनका पक्षहरू अवलोकन गर्दै निर्माण गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण कम्पनीलाई चेतावनी दिनुभयो ।

मधेस प्रदेशका ऊर्जा, सिंचाई तथा खानेपानीमन्त्री यादवले आयोजना मधेस प्रदेशका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै निर्माण कार्य ढिलाइले आउँदो दिनमा झन समस्या उत्पन्न हुने बताउनु भयो । चाँडो भन्दा चाँडो तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । सो निरीक्षण टोलीमा प्रदेश सरकारका मुख्यसचिव मदन भुजेल र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयका निमित सचिव रामकुमार खंगसहित कर्मचारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो । निरीक्षण टोलीकाअनुसार सुरूङ निर्माणको कार्य निर्माण कम्पनी चाईना ओभरसिज इन्जिनियरिङ्ग ग्रुपले समय अगावै सम्पन्न गरिसकेका छन् । तर ठेक्का कम्पनी पटेल रमण जेभी कन्सट्रक्सनका कारण ढिलाई भइरहेको छ । सो कन्सट्रक्सन कम्पनी ठेक्का सम्झौताको आधी समय पार गरिसक्दा पनि १० प्रतिशत काम मात्रै सम्पन्न गरेको हो । रमण जेभी कन्सट्रक्सनका नविन चौधरीले निरन्तर वर्षा र माटोका कारण ढिलाई भइरहेको जानकारी गराउनुभएको छ ।  स्थानीय समुदायहरुको विभिन्न मागहरु, जग्गासँग सम्बन्धित गुनासाहरु, सामाजिक राजनितिक कारणहरुले गर्दा निर्माण कार्य बन्द पहिला भएको तर अब काममा तिब्रता दिने बताउनु भयो ।

करिव ५० अर्ब लागतमा निर्माण हुने भनिएको सो आयोजनाको हालसम्मको उपलब्ध कुल बजेट  १९ अर्ब ३३ करोड ५१ लाखमा रु १६ अर्ब ५० करोड २७ लाखमा खर्च भइसकेको छ तर कार्य प्रगति विवरण मात्र ३६.८३% रहेको जानकारी गराइएको छ ।