२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसाबारे राप्रपा र रास्वपाको आन्दोलनलाई सरकार र संसदले चासो देखाएनः सांसद सिंह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलन गरेको ७० दिन बितिसक्दा पनि सरकारले चासो नदेखाएको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संसदमा दुई राजनीतकि दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बहिष्कार गर्दै आएको छ । उनीहरुले उच्चस्तरको छानविन समितिको माग गर्दै संसद अवरोध गर्दै आएका छन् । तर सरकारले आन्दोलन गरेको ७० दिनसम्म पनि चासो नदिनु दुःखद् भएको बताउनु भयो । भिजिट भिसाको नाममा बहिष्कार गर्नेहरुलाई नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिवदमा उत्रिने भन्नुभएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘भिजिट भिसाबारे ७० दिन नाघिसकेको छ, हामीले आन्दोलन गरेको । तर यसमा न सरकारले सुनेको छ । न सभामुखज्युले नै चासो देखाएको हामीले महशुस गरेका छौँ । हिजो भर्खर पनि भिजिट भिसाको नाममा बहिष्कार गर्नेहरुलाई हामीले सभासदहरुले प्रतिवादमा उत्रिनुपर्छ भन्नेकुरा काँग्रेसका प्रमुख सचेतकज्युले भनिसक्नुभएको छ । के सरकारको सुशासन भनेको यही हो । भिजिट भिसामा दैनिक ५० लाख असुली धन्दा गरेर हाम्रा छोराछोरीलाइ विदेश पठाउने र भिजिट भिसामा गएका हाम्रा भाई छोरा विचल्ली हुँदा केही नगर्ने के यही दिनको लागि यो गणतन्त्र ल्याएको हो ?’ 

सांसद सिंहले रोजगारी देशमा दिनसक्नुपर्ने बताउनु भयो । संसदको बैठक बहिष्कार गरेको दिनको भत्ता राप्रपा सांसदहरुले नलिने पनि घोषणा गर्नुभयो ।