२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देव खनालको लागि लुम्बिनी लायन्स र चितवन राइनोजबिच भिडन्त, लक्की ड्रमा चयन



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका लागि खेलाडीहरूको अक्सन भइरहेको छ ।

अक्सनमा क्याटागोरी ‘ए’ मा रहेका ओपनर देव खनालको लागि लुम्बिनी लायन्स र चितवन राइनोजबिच भिडन्त भएको छ । देवको लागि लुम्बिनीले पहिला कल गरेको थियो । त्यसपछि चितवनले पनि उनीमाथि चासो देखाएको थियो । दुवै टिमबिचको भिडन्तमा उनलाई १५ लाख रुपैयाँ दिन तयार भए ।

क्याटागोरी ए का खेलाडीका लागि बढीमा १५ लाख मात्र खर्च गर्न पाइने भएकाले लक्की ड्र भएको हो । लक्की ड्रको लागि राष्ट्रिय खेलकुद परिषद्का टंकलाल घिसिङले चिट्ठा तान्दा चितवनको नाम आएपछि खनालले चितवनबाट खेल्ने भएका छन् ।

खनाललाई भित्राउन अभागि रहेको लुम्बिनीले विकेट किपर दीलिप नाथलाई १० लाखमा खरिद गरेको छ ।