२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको प्रश्तावः पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा सुशिला कार्कीको अध्यक्षतामा भिजिट भिसा प्रकरणको छानविन गरौँ



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले अहिले पनि भिजिट भिसामा विदेश पठाउने प्रक्रियामा अवैध असुली धन्दा चलिरहेको आरोप लगाउनु भयो । सांसद सिंहले पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ वा सुशिला कार्कीमध्ये एक जनाको अध्यक्षतामा छानविन समिति गठन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि विदेशी जाने हाम्रा भाई, छोराछोरीहरुलाई भिजिट भिसामा विदेश पठाउने कुरामा असुली धन्दा चलिराखेको छ । त्यसैको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चस्तरीय छानविन आयोग गठन होस् भनेर माग राख्दै आएको छ । तर यो काण्डमा पनि उच्चस्तरीय छानविन आयोग नबन्ने हो भनेदेखि पूर्वन्यायाधीशको नेतृत्वमा छानविन आयोग बनाउन कसले रोकेको छ ? सभामुख महोदय यो सदनका सबै माननीयज्यूहरु पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ अथवा सुशिला कार्कीको अध्यक्षता छानविन समिति गठन गरौँ । यदि छानविन समिति बन्दैन भने भत्ता समेत नलिकन राप्रपाले बैठक बहिस्कार गर्नेछ ।’

भिजिट भिसा प्रकरणबारे छानविन समिति गठन नभएसम्म आफ्नो पार्टीका सांसदहरूले भत्ता नलिई संसद बैठक बहिष्कार गर्ने उहाँको भनाइ छ ।