२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना दलको एक सूत्रीय एजेण्डा नयाँ दललाई गाली गर्ने भएकाे छ: डि.पि. अर्याल



अ+ अ-

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डि.पि अर्यालले पुराना दलहरु जनताको बिषयमा बोल्ने भन्दा पनि नयाँ पार्टीलाई गाली गर्न व्यस्त रहेको आरोप लगाउनु भएको छ ।

रुपन्देहीको भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय राजनीतिक दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे अर्यालले जनताले खोजेको राम्रो मान्छे उतार्न नसक्दा गलत मान्छे संसदमा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो ‘भाषणबाट परिवर्तन हुदैन यस पटक मत बाट नै परिवर्तन गर्नुपर्छ ।’  रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार हुन आकाक्षीहरु समेत सहभागी कार्यक्रममा अर्यालले भन्नुभयो ‘यस पटक रुपन्देहीले परिवर्तनको सन्देश दिन्छ ।”

श्रावण ३० र ३१ गते आयोजना हुने प्रशिक्षणमा संगठन सवलिकरण , सुदृढिकरण र जागरण बिषयमा महामन्त्री कबिन्द्र बुर्लाकोटी , पार्टीले परिकल्पना गरेको सुशासन डेलिभरी बिषयमा केन्द्रीय सदस्य सुमना श्रेष्ठ, र मिडिया, सामाजिक संञ्जाल र पार्टी बिषयमा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसै गरी उम्मेदवारीको पूर्व तयारीमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की , पार्टीको आर्थिक व्यवस्थापन बारे कोषाध्यक्ष लिमा अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसै गरी पार्टीको अर्थ राजनीति धार , लुम्बिनीको आर्थिक बिकासका आधारहरुका बारेमा उपसभापति डा स्वर्णिम वाग्ले , र नेतृत्व लिडरशिप एकेडेमी र उम्मेदवार छनौट बिधि बारे सह महामन्त्री एबं केन्द्रीय प्रशिक्षण बिभाग प्रमुख बिपिन कुमार आचार्यले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

यसै गरी पार्टी अभियानका बारेमा प्रवक्ता मनिषा झा, प्रशिक्षणको अबको यात्राका बारेमा केन्द्रीय प्रशिक्षण बिभाग सचिव कमल सुवेदी र समग्र मुल्यांकन र सुझाबका बारेमा लुबिनी प्रशिक्षण विभाग प्रमुख राजकुमार सुवेदीले प्रशिक्षण दिनुहुने छ ।




भर्खरै