३१ जेष्ठ २०८३, आईतवार
,
Latest
स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा लागेको आरोप लगाउनुभएको छ ।

नख्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेसँग बुधवार साँझ भेट गरेपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । सरकारले उपसभामुखमाथि झम्टिने काम गरेको आरोप लगाउनु भयो । उहाँलै रविसँगको भेटमा भैरहवाको भन्दा राम्रो व्यवस्था रहेको बताउनुभएको जानकारी गराउनु भयो । साथै भैरहवामा गोलघरमा जस्तै राखिएको गुनासो गर्नुभएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘मेरो क्याबिनेटको दुई पटकको गृहमन्त्री हो रवि जी । भैरहवा पनि जान चाहेको थिएँ, नमिलेर हो । भैरुहवा बस्दाको अवस्था निकै जटिल थियो । भैरहवामा गोलघर जस्तै राखिएको भन्नुभयो । यहाँ आएपछि बसाई राम्रो भएको, खानपिन राम्रो भएको बताउनु भयो । यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो । मेरै जस्तो केसमा अरुले उन्मुक्ति पाउने मलाई मात्रै लखेटियो भनेर कुरा राख्नुभयो । अदालतले नै तोकेको बिगो बैंक धरौटी राखेपछि म मुद्दा लड्छु भन्दा त्यत्ति सुविधा पनि पाइँन । सरकार र यो गठबन्धन मप्रति यति धेरै अनुदार, यति धेरु विभेद किन गरेको हो, बुझ्न सकेको छैन भन्नुभयो । उपसभामुखलाई झम्टिने काम यो गठबन्धनले गरेको छ । इन्दिरालाई देखाएर सबै संवैधानिक निकाय कब्जा गर्ने डिजाइनअन्तर्गत भएको हो ।’

अध्यक्ष दाहालले रविमाथि काँग्रेस र एमालेले गरेको व्यवहारबाट देशभर रास्वपालाई फाइदा भएको कुरा बुझ्नुभएको बताउनु भयो ।




भर्खरै