२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कुलका विद्यार्थी रहेको पुष्टि



अ+ अ-

कोलम्बो। श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या रेकर्ड गरेको श्रीलङ्काको नेसनल डेंजरस ड्रग्स कन्ट्रोल बोर्ड (एनडीडिसिबी) ले सोमबार जनाएको छ । जसमा कोलम्बो जिल्लामा सबैभन्दा बढी केसहरू दर्ता भएकोे एनडीडिसिबीले जनाएको छ ।

एनडिडिसिबीले विज्ञप्ति जारी गर्दै कोलम्बो र यसका उपनगरहरूमा कम आय भएका समुदायका बालबालिकाहरू दुर्व्यसनीको विशेष जोखिममा रहेको बताएको छ । गम्पाहा, कुरुनेगला, अनुराधापुरा, गाले, रत्नपुरा र कालुतारासहित क्यान्डी जिल्लाका केही भागहरू पनि उच्च जोखिममा रहेका क्षेत्रका रूपमा पहिचान भएको विज्ञप्तिमा उल्लेख छ ।

साथीहरूको सङ्गतलाई विद्यार्थीहरूमा लागु औषध प्रयोगको प्रमुख कारणकको रूपमा उद्धृत गरिएको छ । यसै गरी लागु औषध रोकथाम नीतिहरूको कमजोर कार्यान्वयन तनावपूर्ण पारिवारिक वातावरण, उपेक्षा, गरिबी, कुपोषण र समुदायहरूमा लागुऔषधको सहज उपलब्धताले लगायतका कारणले दुव्यसनस् बढेको एनडीडिसिबीले जनाएको छ ।

यस प्रवृत्तिलाई नियन्त्रण गर्न, एनडीडिसिबीले वातावरणीय तथा मिडिया अभियानहरूसँगै विद्यालय, युवा, परिवार, कार्यस्थल र समुदायमा आधारित पहलहरूसहितका कार्यक्रमहरू सुरु गरिरहेको बताएको छ ।

परामर्श सेवाहरू विस्तार गरी मध्यम र उच्च जोखिम भएका बच्चाहरूलाई विद्यालय वा व्यावसायिक शिक्षामा फर्कनु अघि एनडीडिसिबीको युवा उपचार केन्द्रमा उपचारका लागि पठाउने व्यवस्था गरेको जनाइको छ ।

यसैबीच, प्रहरीले स्थानीय मिडियालाई बताए अनुसार यस वर्ष जनवरी ९१ देखि अगस्ट९ ३१ को बीचमा २०६ बच्चाहरूलाई लागुऔषधसँग सम्बन्धित अपराधका लागि हिरासतमा लिइएको थियो । लागुऔषधको दुरुपयोग विरुद्ध लड्न विद्यालयहरूमा १५ हजार ६०० भन्दा बढी सचेतना कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । (रासस/सिन्ह्वा)




भर्खरै