२५ जेष्ठ २०८३, सोमबार
,
Latest
हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानद्वारा इजरायलको मोसादका जासुसी आरोपीतलाई मृत्यु दण्डको सजाय



अ+ अ-

तेहरान। इरानले सोमबार इजरायलको गुप्तचर एजेन्सी मोसादको तर्फबाट जासुसीको आरोपमा दोषी ठहरिएका व्यक्तिलाई मृत्युदण्ड दिएको इरानी मिजान समाचार एजेन्सीले जनाएको छ ।

बहमान चौबी–अस्ल भनेर चिनिएका व्यक्तिलाई न्यायिक कार्यवाही र इरानको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय कायम राखेपछि फाँसी दिइएको हो ।

चौबी–अस्ल “इरानमा इजरायलका सबैभन्दा महत्त्वपूर्ण जासुसहरू मध्ये एक थिए र डेटाबेसको क्षेत्रमा मोसादसँग सचेत र व्यापक रूपमा सहयोग गरेका थिए“, कम्पनीमा उहाँको उपस्थितिका कारण, चौबी–अस्लले प्रबन्धकको रूपमा इरानको “संवेदनशील“ दूरसञ्चार परियोजनाहरूमा प्रवेश गर्न सफल भएको बताइएको छ ।

दोषीसँग इरानको महत्वपूर्ण र सार्वभौम तथ्याङ्कमा पहुँच भएकोे स्वीकारोक्तिमा, चौबी–अस्लले उनीसँग सहकार्य गरेर मोसादले इरानी सरकारी संस्थाहरूको तथ्याङ्कमा पहुँच प्राप्त गर्न, इरानको तथ्याङ्क केन्द्रमा घुसपैठ गरी देशमा इलेक्ट्रोनिक उपकरणहरू हस्तान्तरण गर्ने तरिकाहरू पत्ता लगाउन खोजेको जनाइएको छ ।

यसले मोसादका लागि गुप्तचर सङ्कलन गर्ने बदलामा अन्य कुराहरूका साथै दोषीले पैसा प्राप्त गरेको बताएको छ । सेप्टेम्बर- १७ मा इरानले बाबक शाहबाजी भनेर चिनिएका एक व्यक्तिलाई मृत्युदण्ड दिएको थियो, जसलाई मोसादका लागि जासुसीको अभियोगमा पनि दोषी ठहर गरिएको थियो ।

त्यसबेला मिजानको प्रतिवेदन अनुसार शाहबाजीलाई पैसा र तेस्रो देशको नागरिकताको बदलामा मोसादलाई इरानी संवेदनशील तथ्याङ्क तथा जानकारी बेचेर इजरायलसँग गुप्तचर र सुरक्षा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । (रासस/सिन्ह्वा)




भर्खरै