२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की कारागारका दुई सय ९० कैदीबन्दी अझै फरार



अ+ अ-

कास्की। गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीको बन्दीगृहबाट भागेकामध्ये २९० जना कैदीबन्दी अझै फरार रहेका छन् ।

कारागारका प्रशासक राजेन्द्र शर्माले आन्दोलनका क्रममा भागेका ७७३ कैदीबन्दीमध्ये ४८३ जना फर्किएको र २९० जना हालसम्म फरार रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेकामध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन् ।

केहीलाई भने भाग्ने क्रममा विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो । फरार रहेकाहरूको बारेमा अब कसरी अगाडि बढ्ने भन्ने विभागको निर्देशनको पर्खाइमा छौँ ।”

कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले गत असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म कारागार फर्कन समय दिइएको थियो । तर तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको बताइन्छ ।

उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारले जनाएको छ ।

प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । तर कैदीबन्दीको विवरण कम्प्युटर अभिलेखमा सुरक्षित रहेको छ । त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताउनुभयो । प्रदर्शनकारीले गत भदौ २४ गते कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए ।




भर्खरै