२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरबाट मनसुन बाहिरियो



अ+ अ-

काठमाडौँ। यस वर्षको मनसुन आजदेखि नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको छ।

यही असोज २० गतेदेखि बाहिरिन सुरु भएको मनसुन निर्धारित मितिभन्दा आठ दिन ढिला गरी आजदेखि देशभरबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी  दिनुभयो ।

उहाँका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । असोज २० गते नेपालको सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशका पश्चिमी भूभागका अधिकांश स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन सुरु भएको थियो ।

मनसुनको उत्तराद्र्धमा यसपालि देशका ५० भन्दा बढी जिल्लामा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको थियो । उक्त मनसुनी विपद्मा परी ५४ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका विभागका सूचना अधिकारी कायस्थले जानकारी  दिनुभयो ।

उहाँका अनुसार यस वर्ष निर्धारित मितिभन्दा १५ दिन अगाडि गत जेठ १५ गते मनसुन भित्रिएको थियो । देशभर मनसुन फैलिन २३ दिन लागेको थियो । रासस




भर्खरै