१६ असार २०८३, मंगलवार
,
Latest
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी अगुवासँग छलफल गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना



फाइल फोटो
अ+ अ-

काठमाडौँ । जेन–जी आन्दोलनका अगुवाहरूसँगको छलफलका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

शीतलनिवासमा शनिबार बिहान जेन–जी पक्षका २२ जना अगुवा राष्ट्रपतिसँग भेटवार्ताका लागि पुगेका थिए ।

छलफल चलिरहेको क्रममा पौडेललाई अचानक टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएको थियो ।

अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेलको अवस्था अहिले स्थिर छ ।

‘अवस्था स्थिर छ, तर थप परीक्षणका लागि अस्पतालमै भर्ना गरेर राखिएको छ’ अस्पताल स्रोतले बतायो ।

छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी थिइन् । २३ र २४ भदौको जेन–जी प्रदर्शनपछि सेनासँग भएको संवाद र त्यसपछिका वार्ताबारे समीक्षा गर्न छलफल आयोजना गरिएको थियो ।

शीतलनिवास पुगेका जेन–जी प्रतिनिधिमध्ये रक्षा बम, युजनराज भण्डारी, सुधन गुरुङ, मिराज ढुंगाना लगायत उपस्थित थिए ।

तर, केही युवाहरूले आफूहरूलाई वार्तामा सहभागी हुन नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।