२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते



अ+ अ-

सिरहा। यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक परिवारमाथि आक्रमण हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, घाइते हुनेमा ६० वर्षीय शिवनन्दन यादव, उहाँको श्रीमती दुर्गीदेवी यादव, छोरा जमाहिर यादव र बुहारी रीता यादव छन् । गम्भीर घाइते रिता यादवलाई उपचारका लागि जनकपुर पठाइएको छभने अन्यको मिर्चैयामै उपचार भइरहेको छ ।

पीडितका अनुसार १५÷२० जनाको समूहले घरमै आएर खुकुरी, रड, भाटालगायतका हतियारले आक्रमण गरेका थिए । प्रहरीले घटनामा संलग्नताको आरोपमा आज मिर्चैया–३ का पूर्ववडाध्यक्ष हरिकुशियैत यादवसहित किशोर यादव, अशोक यादव, जगदीश यादव गरी चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरू छिमेकी गाउँ सिसबोनीका हुन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।