२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमोर्चा रुपन्देही अध्यक्ष टानबहादुर केसीको निधन



अ+ अ-

बुटवल। भाइटीका लगाउने क्रममा बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको निधन भएको छ ।

बिहीबार मध्यान्ह भाइटिका लगाउँदै गरेका केसी अचानक बेहोस भएपछि अस्पताल पुर्‍याउँदै गर्दा उनको निधन भएको हो ।

राजमो रुपन्देहीका नेता गङ्गालाल सापकोटाका अनुसार बुटवल-१९ स्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा ५० वर्षीय केसी बेहोस भएर ढलेका थिए ।

उनलाई उपचारका लागि बुटवल हस्पिटल प्रालिमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका अस्पतालका सूचना अधिकारी विक्रम खड्काले जानकारी दिए ।

केसीको निधनप्रति नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेका छन्।




भर्खरै