२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा भलिबलमा नेपालको जित



अ+ अ-

काठमाडौँ। बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गराएको छ ।

बङ्गलादेशको ढाकास्थित इन्डोर हलमा आज भएको आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै तीन खेलमा नेपालले चार अङ्क बटुलेको छ ।

नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५–२१ जित्यो भने खेलको दोस्रो सेट २५–२३ ले हरायो । त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो ।

यसअघि भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तान र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । यही कात्तिक ११ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपालले आफ्नो चौथो खेल अफगानिस्तानसँग ९ गते खेल्नेछ । रासस




भर्खरै