२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनमा प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ



अ+ अ-

काठमाडौं। जेनजी आन्दोलनमा प्रहरी कार्यालयमा आगजनी गर्ने तथा प्रहरीमाथि दुव्र्यवहार गर्ने युवक पक्राउ परेका छन् ।

धनुषाको बटेश्वर ६ घर भई ललितपुरको महालक्ष्मीस्थान बस्ने १८ वर्षिय शिवम चौधरी यादबलाई प्रहरीले पक्राउ गरेको हो।

उनले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै प्रहरीमाथि दुव्र्यवहार गरेको र प्रहरीको पोशाक लगाएर आन्दोलनमा उत्रिएका थिए। बानेश्वर वृत्तका प्रहरीले एक समूहले कुटपिट गरी खोलामा बगाएको थियो।

उनी बानेश्वर वृत्त, संसद भवन र सिंहदरबारको आगजनीमा संलग्न रहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।