२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन



अ+ अ-

काठमाडौँ। सर्वज्ञजङ्ग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्राण्ड ओपन टेनिस प्रतियोगितामा आज स्वर्णपदक जितेका छन् ।

सिङ्गल्सको यु–८ ब्वाइजमा सर्वज्ञ र गल्र्समा स्वर्णिमा तथा यु–१० गल्र्समा निम्ति पहिलो भएका हुन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा सर्वज्ञले गगन श्रेष्ठलाई १०–७ र १०–७, स्वर्णिमाले वाणी राजभण्डारीलाई १०–६ र १०–७ तथा निम्तिले रजिशा जोशीलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरे ।

नेपाल टेनिस सङ्घको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगितामा महिला सिङ्गल्सको उपाधिका लागि शिभाली गुरुङ र स्वस्तिका विष्ट भिड्ने भएका छन् । शिभालीले सुनिरा थापालाई ६–२ र ६–० तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई सीधा सेटमा ६–० र ६–२ ले हराए ।

पुरुष सिङ्गल्समा प्रदीप खड्काले आयुशमान हजुर घलेलाई ६–३ र ६–१, प्रणव मानन्धरले निहालजङ्गबहादुर थापालाई ६–० र ६–४, निसान श्रेष्ठले सक्षमविक्रम शाहलाई ६–२ र ६–० तथा राजवीर प्रधानले छेवाङ लामालाई ६–० र २–०ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यु–९ ब्वाइज सिङ्गल्समा कायान चालिसेले सोनाम घलेलाई ४–२ र ४–० तथा सर्वज्ञले आयान पन्तलाई ४–० र ४–० ले पन्छ्याउँदै फाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा निम्ति कुँवरले साहारा कायश्थलाई ४–० र ४–२ तथा अमिरा गुप्ताले हीरादेवी घलेलाई ४–० र ४–० ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१६ ब्वाइज सिङ्गल्समा असभसम्राट हाडाले सुरेन्द्र विकलाई ६–२ र ६–० तथा दर्शिल श्रेष्ठले साङ्गे रोकायालाई ६–३ र ६–० ले हराउँदै फाइनलमा स्थान बनाए । यु–१० ब्वाइज सिङ्गल्समा कायान चालिसेले भिरल अग्रवालको चुनौती ६–२ र ६–४ ले समाप्त पार्दै फाइनल यात्रा तय गरे ।

यु–१२ ब्वाइज सिङ्गल्समा वेदान्त चालिसे, आरित मल्ल, सभ्यजङ्ग कार्की र विश्वविशेष डल्लाकोटी सेमिफाइनलमा पुगे । सोही स्पर्धाको गल्र्समा सरा पन्तले स्वराह थापालाई ७–५, ६–७ र ६–३ तथा नाइरा घलेले अनुश्री ध्वजुलाई ६–३ र ६–४ ले हराउदै फाइनलमा पुगेका छन् ।

यु–१४ ब्वाइज सिङ्गल्समा साङ्गे रोका, आरित मल्ल, वेदान्त चालिसे र युभेनमान श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरे । उक्त स्पर्धाको गल्र्समा स्वराह थापा, इरा खत्री, आयुशा जिसी र सरा पन्तले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे । रासस




भर्खरै