२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट आन्दोलन ध्रुवीकरण अहिलेको आवश्यकता-माधवकुमार नेपाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनको पुनःगठन र ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

पार्टीद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा सहसंयोजक नेपालले मुलुकमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक सङ्कटको सामना गर्न सम्पूर्ण देशभक्त वाम शक्ति एक ठाउँमा आउनुको विकल्प नभएको बताउनुभयो ।

मुलुकको समाजवादी अर्थव्यवस्थाको कार्यान्वयन तथा आर्थिक समृद्धि, सुशासन कायम गर्ने उद्देश्यले वामपन्थीबीच एकता प्रक्रिया सुरु गरिएको र आगामी दिनमा यस कार्यलाई थप विस्तार गरिने उहाँले प्रष्ट पार्नुभयो ।

समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएको तथा विभिन्न प्रकारले वामपन्थी अभियान सञ्चालन गरिरहेका कम्युनिष्ट नेतालाई एकता प्रक्रियामा सहभागी हुन सहसंयोजक नेपालले आह्वान गर्नुभयो ।

सो अवसरमा उहाँले नेकपा (एमाले) का पूर्वकेन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्वअध्यक्ष उब्जनबहादुर शाहीलाई पार्टी प्रवेश गराउनुभयो ।रासस