२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी पर्यटकलाई ठगी गरेको आरोपमा एक पक्राउ



अ+ अ-

काठमाडौँ। विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।

विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने भनेर अनलाइनबाटै सम्झौता गरी ठगी गरेको आरोपमा सुर्खेत बराहताल गाउँपालिका–३ घर भई अल्टिट्युड राइडर्स प्रालिका संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले उनलाई रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाइएको जानकारी दिनुभयो । प्रवक्ता अवस्थीले भन्नुभयो, “पर्यटकको जाहेरीपछि पक्राउ गरी उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो, अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।”

उहाँका अनुसार अनुसन्धानमा सिञ्जालीले नेपालमा मेरो अल्टिट्युड राइडर्स प्रालि कम्पनी रहेको र सो कम्पनीले तपाईँहरूलाई नेपालस्थित मोटरसाइकल राइडको व्यवस्था गरिदिनेछ भनी म्यासेन्जरमा कुराकानी गरी पोल्यान्डका १३ जना पर्यटकलाई विश्वासमा पारेका खुलेको छ ।

उनका अनुसार सिञ्जाली राइडर्सको लागि मोटरसाइकल राइड, खाना, बस्न, अन्य सपोर्टसमेतको सम्पूर्ण प्याकेजसहित सेवा दिने शर्तमा नेपाल भ्रमणका लागि सम्झौता भएको सात दिनभित्र ३० प्रतिशत रकम लिएर शर्तबमोजिमका सेवा प्रदान नगरी सम्पर्कविहीन भएका थिए ।

त्यसपछि विद्युतीय माध्यमसम्बद्ध ठगी कार्य भएको भनी पीडित पोल्यान्डका नागरिकको निवेदनका आधारमा खोजतलास गर्दा उनी रोल्पामा भएको पत्ता लागेपछि ब्यूरोको टोलीले रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याएको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।रासस