२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिराटनगर किंग्सलाई बलियो बनाउन नेपाल आइपुगे मार्टिन गुप्टिल र शुभम रञ्जने



अ+ अ-

काठमाडौं। बिराटनगर किंग्सले आधिकारिक रूपमा दुई उच्च प्रोफाइल अन्तर्राष्ट्रिय क्रिकेटरहरू, न्यूजिल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल र अमेरिकी–भारतीयअल-राउन्डर क्रिकेटर शुभम रञ्जनेलाई नेपाल प्रिमियर लिग (एनपीएल) २०२५सिजन २ का लागि स्वागत गरेका छन्।

ह्वाइट–बल क्रिकेटमा विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक गुप्टिल आफ्नो शक्तिशाली ब्याटिङ, विश्वस्तरीय अनुभव र शीर्षक्रममा प्रभावशाली नियन्त्रण कायम गर्ने क्षमताका लागि परिचित छन्।

एक दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा विश्वकपका धेरै संस्करणहरूमा सहभागिता जनाएका गुप्टिलको उपस्थितिले बिराटनगर किंग्सको ब्याटिङ लाइनअपलाई अझै बलियो र आत्मविश्वासी बनाएको छ।

उनलाई साथ दिदै, सन् १९९४ मार्च २६ मा भारतको महाराष्ट्र, पुणेमा जन्मिएका शुभमले २०१६–१७ को रणजी ट्रफीमार्फत मुम्बईबाट पहिलो पटक प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरेका थिए।

त्यसयता उनले महाराष्ट्र, मुम्बई, गोवा लगायतका घरेलु टोलीका साथै हालै मेजर लिग क्रिकेटको सिएटल ओरकाजबाट पनि प्रतिनिधित्व गरेका छन्। अन्तर्राष्ट्रिय टी–२० लिगहरूमा राम्रो अनुभव भएका उनले २०२५ मा ढाका क्यापिटल्सबाट समेत खेलेका थिए।

गुप्टिलररञ्जनेले टोलीमा रहेका फाफ डु प्लेसिस, जर्ज मन्शी, साम हिजलेट लगायतका अन्तर्राष्ट्रिय स्टारहरूका साथै प्रतिभाशाली नेपाली खेलाडीहरूको बलियो टोलीसँग मिलेर खेल्नेछन्। उनीहरुको आगमनले यो सिजन उपाधि जित्ने किंग्सको लक्ष्य अझै स्पष्ट र दृढ बनाएको छ।

अनुभव र नेतृत्व दुवै लिएर आएका मार्टिन गुप्टिलरशुभम रञ्जने टोलीसँग मिसिएपछि बिराटनगर किंग्सले एनपीएल सिजन २ को आफ्नो शुरुवाती खेलबाटै प्रभावशाली खेल प्रदर्शन गर्ने तयारी गरेको छ।




भर्खरै