२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहानमा कानसम्बन्धी आधुनिक उपचार सेवा सुरु



अ+ अ-

सिरहा। लहानमा अब कानसम्बन्धी जटिल समस्या लिएर सङ्घीय राजधानी वा अन्य सहर धाउनुपर्ने बाध्यता हट्दै गएको छ ।

लहान–३ अस्पताल चोक नजिकै आजदेखि ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’मार्फत आधुनिक उपचार सुरु गरिएको छ । लहान नगर प्रमुख महेशप्रसाद चौधरीले स्थानीयस्तरमै उपलब्ध यो सेवाले कानसम्बन्धी उपचारमा खर्च र समय दुवै बचत हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयस्तरमै उपलब्ध यो केन्द्रले कानसम्बन्धी उपचारमा नगरवासीलाई ठुलो राहत दिने विश्वास गरेको छु । केन्द्रले सबै वर्गका बिरामीलाई सहज शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन आवश्यक छ ।”

केन्द्रका अध्यक्ष डा ऋषि भट्टका अनुसार केन्द्रमा आधुनिक प्रविधि र अनुभवी विशेषज्ञहरूको टिममार्फत नियमित सेवा प्रदान गरिनेछ ।

दूरबिनको सहयोगमा बिनाचिरफार हुने कानका नाजुक शल्यक्रियादेखि जाली टाल्ने, जाली फेर्ने, कानको हड्डी खिइने वा जाम हुने समस्या, कान पाक्ने, कम सुनिने, रिँगटा लाग्नेजस्ता विभिन्न समस्याको उपचार यहाँबाट सहजै पाउन सकिने उहाँले बताउनुभयो ।

विपन्न वर्गलाई लक्षित गर्दै केन्द्रले पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बहिरङ्ग सेवामा शत प्रतिशत छुट दिने घोषणासमेत गरेको छ ।रासस