२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगजनी र तोडफोड गर्नेविरुद्ध जाहेरी दर्ता



अ+ अ-

पर्वत। गत भदौ २४ गते जेनजीको आवरणमा भइरहेको आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालय, व्यक्तिगत घर र सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी परेको छ ।

नेपाली कांग्रेस पर्वत र नेकपा (एमाले) पर्वतले आज संयुक्त रूपमा जाहेरी दिएका हुन् । नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीसहित पदाधिकारी र एमालेका जिल्ला अध्यक्ष गोविन्द पहाडीसहित पदाधिकारीहरू जिल्ला प्रशासन कार्यालय पर्वत र जिल्ला प्रहरी कार्यालय पर्वतमा पुगेर जाहेरी दर्ता गरेका हुन् । उनीहरूले आगजनी र तोडफोडमा संलग्नको तस्बिर, भिडियो फुटेज र विवरणसहित जाहेरी दर्ता गरेका हुन् ।

अराजकता मच्चाउनेमा अधिकांश कुलतमा लागेका, लागुऔषध प्रयोगकर्ता, प्रहरीमा विभिन्न समयमा मुद्दा परेकोको जाहेरीमा उल्लेख छ । अध्यक्ष पहाडीले आज पार्टी कार्यालय र पूर्व मन्त्री पद्म गिरीको घरमा आगजनी गर्नेले भोलि समाजमा कसैलाई पनि बाँकी नराख्ने भएकाले तत्काल कारबाहीको दायरमा ल्याउन आग्रह गर्नुभयो । अहिले जाहेरी मात्र दिइएको र कारबाही नभएमा किटानी जाहेरीसमेत दिने उहाँको भनाइ छ ।

भदौ २४ गते भएको आगजनीबाट नेकपा एमालेको पार्टी कार्यालयमा ४४ लाखभन्दा बढी, नेपाली कांग्रेसको कार्यालयमा साढे २१ लाख, पूर्वमन्त्री पद्म गिरीको घर र माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी गरेका थिए । त्यस्तै, सहिद गोविन्दनाथ शर्मा र अमृतप्रसाद जोशीको सालिकमा तोडफोड गरेका थिए ।

जाहेरी बुझ्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जाहेरीका आधारमा भोलिदेखि नै सुक्ष्म अनुसन्धान सुरु गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस




भर्खरै