२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उसु खेलाडी न्यूजील्याण्ड प्रस्थान



अ+ अ-

काठमाडौँ।  न्यूजील्यान्डमा हुने‘उसु हिरोज’ प्रथम अन्तरराष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन आज चार खेलाडी न्यूजील्याण्डको अकल्याण्ड प्रस्थान गरेका छन् ।

नोभेम्बर २२ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

विजय सिञ्जाली, पासाङ शेर्पा, निमा घर्तीमगर र जुनु स्याङ्बो लामाले प्रतिस्पर्धा गर्नेछन् । विजय र निमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । दुवै राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीका सदस्य हुन्।

टोलीलाई नेपाल उसु महासङ्घका उपमहासचिव राजीव महर्जन, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामालगायते आजै यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।

प्रतियोगितापछि चारै खेलाडी करिब दुई महिनाको प्रशिक्षणमा न्यूजील्याण्डमै रहने उप–महासचिव महर्जनले जानकारी दिए। प्रशिक्षणले २०औँ एसियाली खेलकुदको तयारीलाई अझ सुदृढ, व्यवस्थित र सहज बनाउने उपमहासचिव महर्जनले बताए।




भर्खरै