२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकालु आधार शिविर घुम्न गएका पुरुषको लेक लागेर मृत्यु



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको लेक लागेर मृत्यु भएको छ ।

मकालु आधार शिविर घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । मेलुङ–७ का कार्कीलाई मकालु आधार शिविर नजिकै पुगेपछि स्वास्थ्य समस्या भएको थियो ।

मकालु आधार शिविरको करिब पाँच हजार उचाइको सेरसुङ भन्ने ठाउँमा लेक लागेर कार्कीको मङ्गलबार मृत्यु भएको हो । मकालु आधार शिविर नजिकै स्वास्थ्य समस्या भएर मृत्यु भएको प्राप्त सूचनाअनुसार आज दिउँसो प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्ड तीन जनाको टोली घटनास्थल पुगेको थियो ।

घटनाको जानकारी मङ्लबार प्राप्त भए पनि भौगोलिक विकटताका कारण आज दिउँसो मात्र प्रहरी घटनास्थल पुगेको हो । मृतकको शव हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरी शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थल प्रहरी चौकी मकालुबाट पाँच दिनको पैदल दूरीमा पर्दछ । मकालु आधार शिविरमा अहिलेसम्म यातायात र सञ्चार पहुँच पुग्न सकेको छैन ।  रासस




भर्खरै