२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै



अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशीक रोजगारीका नाममा ठगी गर्नेलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीसहितको विशेष संयन्त्र निर्माणको तयारी गरिएको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताउनुभयो ।

“वैदेशिक रोजगारका नाममा ठग्ने र दुःख दिने जुनसुकैलाई कानुनी कठघरामा ल्याउछौँ”, उहाँले भन्नुभयो, “सुशासनको सुरुवात गर्ने एउटा आधार यो हो ।” उहाँले सिआइबी टोली मन्त्रालयमा बोलाएर संयन्त्र खडा गर्ने प्रक्रियाअघि बढेको बताउनुभयो ।

मुलुकलाई आत्मनिर्भर बनाउन स्वदेशमै परिश्रम गर्ने वातावरण मिलाउन अहिलेको सरकार लागेको उल्लेख गर्दै उहाँले आप्रवासन जनशक्तिको सम्मान र सदुपयोग गर्न जरुरी रहेको बताउनुभयो । छोटो समयका लागि विशेष परिस्थितिमा मन्त्री बन्न आएको भए पनि वैदेशिक रोजगार व्यवस्थित बनाउन आफूले दिनरात नभनी जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।

त्यस अवसरमा नेपाल लेवर माइग्रेसन रिपोर्ट २०२४ सार्वजनिक गरिएको थियो । श्रम मन्त्रालय र इन्टरनेशनल लेवर अर्गनाइजेशन (आएएलओ) को संयुक्त सहकार्यमा तयार पारिएको उक्त प्रतिवेदन हरेक दुई वर्षमा प्रकाशन हुने गर्छ ।

आइएलओका देशीय निर्देशक नुमान ओज्कानले जुन सुकै देशका आप्रवासीको हकहित र सुरक्षाका लागि सबैको सहकार्य आवश्यक हुने बताउनुभयो । नेपाल सरकारसँग आप्रवासनको नीतिगत सुधार, श्रमिक अधिकार र व्यवस्थापनमा आइएलओ हातेमालो सधँै सकारात्मक रहँदै आएको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले आप्रवासन संस्कृतिलाई रोक्न नसकिने हँुदा यसको सही व्यवस्थापनमा रणनीति बनाएर जानु नै उपयुक्त हुने धारणा राख्नुभयो । मन्त्रालयले सप्ताहव्यापी रुपमा अन्तरराष्ट्रिय आप्रवासन दिवस मनाउँदै आएको छ ।रासस