१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल



अ+ अ-

ललितपुर। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनमा डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवारलाई चयन गर्न सुझाव दिनुभएको छ ।

आइसिटी फाउन्डेसन नेपालले आज ललितपुरमा आयोजना गरेको दशौँ संस्करणको ‘अवार्ड इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ सम्बन्धी कार्यक्रममा मन्त्री खरेलले आइसिटीको माध्यमबाट विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिन्छ भन्दै सूचना प्रविधिको उपयोगले गर्दा यसपटक बाढिपहिरोबाट पनि सम्भावित क्षति कम भएको बताउनुभयो ।

“म भदौ २३ गते सहिद भएका जेनजेड युवाहरूलाई सम्झिरहेको छु, सुशासन, डिजिटल नेपालको परिकल्पना, नेपाललाई नवप्रवर्तनको युगमा अगाडि बढाउने माग जेनजेड युवाहरूको थियो, अब सुशासनको जिम्मेवारी युवाहरूमा आउँछ, सरकार नवप्रवर्तन गर्ने युवाहरूको साथमा छ, कसरी नेपाललाई डिजिटल नेपालका रूपमा अगाडि बढाउने भनेर यस वर्षको आइसिटी विजेताहरूसँग सल्लाहसमेत लिनेछौँ”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले शिक्षा स्वास्थ, रोजगारी, सार्वजनिक सेवा र सरकारी कार्यालयहरूमा आइसिटीलाई उपयोग गरेर समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले १६औँ आवधिक योजनाले आइसिटीको माध्यमबाट लागत कम गर्दै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य राखेको बताउनुभयो । उहाँले सरकारले डिजिटल पूर्वाधारको विकासलाई जोड दिइरहेको बताउँदै राष्ट्रिय योजना आयोगले यसलाई सहयोग गर्ने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकासले सुशासन, समावेशिता प्रवर्द्धनमा योगदान पुर्याइरहेको बताउनुभयो । उहाँले यस किसिमको कामले सूचना प्रविधिको क्षेत्रमा लागेकाहरूलाई प्रोत्साहन गर्दै नवप्रवर्तनको विकासमा प्रेरित गर्ने बताउनुभयो ।

आइसिटी अवार्डका अध्यक्ष राजन लम्सालले स्टार्टअफ र नवप्रवर्तन समेतलाई प्रोत्साहन गर्दै दशौँ संस्करणसम्म आइपुग्दा विभिन्न विधालाई समेटेर देश र देशबाहिर पनि विस्तार गर्दै काम गरिरहेको जानकारी गराउनुभयो ।रासस